
काठमाडौं।भर्नर विश्वनाथ पौडेलविरूद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ।
मंगलबार अधिवक्ताहरू विशाल थापा, अनन्तराज लुइँटेल र प्रतिभा उप्रेतीले दिएको रिट दर्ता भएको हो।
यसको पेसी बुधबारका लागि तोकिएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, अर्थ मन्त्रालय, गभर्नर सिफारिस समिति, नेपाल राष्ट्र बैंक र पौडेललाई विपक्षी बनाएर रिट दर्ता भएको हो।
पौडेलको योग्यतामाथि प्रश्न गर्दै रिट दायर भएको हो।





