
काठमाडौं । काठमाडौं जिल्ला अदालतले तीनकुने घटनाका आरोपी दुर्गा प्रसाईं लगायत ५३ जनालाई थुनामा राखेर अनुसन्धान गर्न थप दुई दिनको म्याद दिएको छ ।
गत १५ चैतमा काठमाडौंको तीनकुनेमा राजावादीहरूले आयोजना गरेको प्रदर्शन हिंसात्मक बनेपछि दुईजनाको ज्यान गएको थियो भने आगजनी र लुटपाटका घटना भएका थिए । प्रहरीले सोही दिनदेखि केहीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिलराज बोहराले बताए।
उनीहरूमाथि प्रहरीले थुनामा राखेर अनुसन्धान गरेको ५५ दिन पूरा भएको छ । संगठित मुद्दामा अनुसन्धान भएका कारण उनीहरूविरुद्धको मुद्दा ६० दिनभित्र जिल्ला अदालतमा दर्ता गर्नुपर्ने कानुनी व्यवस्था छ । प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाउने अन्तिम तयारी गरेको छ ।



