
काठमाडौं । कवि सूर्य लाकोजूका ६ कवितासंग्रहमाथि लेखिएको पुस्तक ‘सूर्यका कविताहरूको प्रवृत्तिगत विश्लेषण’ सार्वजनिक भएको छ ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रमुख अतिथि प्रा.डा. गोविन्दराज भट्टराई, प्रा.डा.कुमार कोइराला, डा. तुलसी भट्टराई, प्रा.डा.शैलेन्दुप्रकाश नेपाल, डा. तुलसी गौतम, कवि सूर्य लाकोजू, समालोचक श्रीहरि फुयाँल लगायतले उक्त कृति लोकार्पण गरे ।
प्रमुख अतिथि प्रा.डा.भट्टराईले सूर्य लाकजु कविको रुपमा चर्चित भएको र उनको कविताकृतिहरुको समालोचना गरेर पुस्तक निस्कनु सुखद पक्ष भएको बताए ।





