
ललितपुर। नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी १५औँ महाधिवेशनलाई सर्वसमावेशी बनाउनुपर्नेमा जोड दिँदै आफू कुनै पनि प्रकारको धम्की वा दबाबबाट विचलित नहुने बताएका छन् ।
ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै थापाले यस्तो बताएका हुन् ।
बैठकमा बोल्दै थापाले पार्टीको आगामी १५औँ महाधिवेशनमा सबै तह र तप्काका नेता तथा कार्यकर्ताहरूको अर्थपूर्ण सहभागिता हुनुपर्ने बताए । ‘१५औँ महाधिवेशनमा सबैको सहभागिता हुनुपर्छ र यसका लागि वातावरण बनाउन म पूर्ण रूपमा सचेत छु,’ उनले भने ।
‘म तर्साएर तर्सिन्न, थर्काएर थर्किन्न। यो कुरा सबैलाई जानकारी होस्। म आफ्नो एजेन्डा र पार्टी सुधारको अभियानमा अडिग छु।’ सभापति थापाले भने ।


