काठमाडौं। मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेको छ।
सोमबार प्रतितोला पाँच सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला पाँच हजार तीन सय रूपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ८९ हजार नौ सय रूपैयाँमा कारोबार भइरहेको छ।
सोमबार छापावाल सुन प्रतितोला एक लाख ८४ हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि बढेको छ।







