
काठमाडौं। वि.सं. २०८१ सालको ‘योगमाया राष्ट्रिय पुरस्कार’लेखिका नीलम कार्की निहारिकालाई प्रदान गर्ने भएको छ ।
माननीय मन्त्रीस्तरबाट निर्णय ७ वैशाख २०८२ का दिनको बैठकले उक्त निर्णय गरेको हो।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तर्फबाट सहसचिव एवम् प्रवक्ता रामकृष्ण लामिछाने हस्ताक्षरित विज्ञप्तिमा सो जनाइएको छ ।
यो पुरस्कारमा नगदराशि एक लाख रुपैयाँ रहेको छ।
उपन्यासकार निलम कार्की निहारिकाले “योगमाया” को जीवनमा आधारित उपन्यास लेखेकी थिईन् र सो उपन्यासले वि.सं. २०७४ सालको प्रतिष्ठित मदन पुरस्कार प्राप्त गरेको थियो ।





