
काठमाडौं । शिक्षकको सडक आन्दोलनको आज २७औँ दिन हो।
नेकपा (एकीकृत समाजवादी)का नेताद्वय माधव नेपाल र झलनाथ खनाल शिक्षक आन्दोलनमा सहभागी भएका छन् ।
आजसोमबार माइतीघर–बानेश्वर सडकमा जारी शिक्षकहरूको प्रदर्शनमा उनीहरू सहभागी भएका हुन् । साथमा नेता भानुभक्त जोशी पनि छन् ।
नेपाल शिक्षक महासंघको आह्वानमा देशभरका करिब २९ हजार सामुदायिक विद्यालयका अधिकांश शिक्षकहरू काठमाडौंकेन्द्रित आन्दोलनमा छन्।
विद्यालय शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने उनीहरूको माग छ ।
यसैबीच आइतबार निषेधित क्षेत्र तोड्न खोजेपछि शिक्षकहरू र प्रहरीबीच झडप भयो। ६२ जना शिक्षकहरू घाइते भए भने एक जना पत्रकार पनि घाइते भएकी थिइन्।


