
काठमाडौं । काठमाडौंको तीनकुने घटनामा पक्राउ परेका २४ जनाविरूद्ध थप सात दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश ईश्वरी प्रसाद भण्डारीको इजलासले राज्य विरूद्धको कसुर र संगठित अपराध कसुरमा पक्राउ परेकालाई ७ दिन हिरासतमा राख्न अनुमति दिएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले २४ जनाविरूद्ध अनुसन्धान गर्न थप ७ दिनको म्याद पाएको बताए।
अन्य बाँकीलाई प्रहरीले आपराधिक उपद्रव कसुरमा अनुसन्धान गरिरहेको छ।
प्रसाईं र मिश्रले आफूहरूलाई हाजिर जमानीमा राख्नुपर्ने माग राख्दै अदालतमा निवेदन हालेका छन्।
आइतबार इजलासमा दुवैले आफ्नो धारणा व्यक्त गरेका थिए।
मिश्रको तर्फबाट वरिष्ठ अधिवक्ताहरू राजु बस्नेत, विष्णु भट्टराई र गोविन्द बन्दीले बहस गरे।
दुर्गा प्रसाईंसहितले आन्दोलनलाई भड्काएर हिंसात्मक बनाएको भन्दै राज्यविरूद्धको कसुर र संगठित अपराधमा अनुसन्धान थालेको हो।
यस कसुरमा २४ जना जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा छन्।





