
काठमाडौं । “समय भित्रको समय” संयुक्त कविताङ्ग्रह सार्वजनिक भएको छ ।
महालक्ष्मी साहित्य समाजको आयोजनामा १५ जना कविहरुका कविताहरु समावेश भएको उक्त संयुक्त कविताकृति सार्र्वजनिक भएको हो ।
कवि,एवं राजनीतिज्ञ नवराज सिलवाल,गजलकार ज्ञानुवाकर पौडेल,कलानिधि दाहाल,डा.रजनी ढकाल,उत्तम के.सी.लगायतले उक्त कृति सार्वजनिक गरे ।
नेपाल प्रज्ञा प्रतिष्ठानमा शनिबार आयोजित कार्यक्रमको उद्घाटन प्रमुख अतिथि सिलवालले गरेको कार्यक्रममा ज्ञानुवाकर पौडेल,कलानिधि दाहाल,लक्ष्मी माली,डा.रजनी ढकाल लगायतले आ आफ्नो मन्तव्य व्यक्त गरे ।
कृतिका कविहरु मध्येबाट विनोद खत्री आकाशले कृति प्रकाशनको सन्दर्भ बारे बोलेका थिए ।
कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष श्रीराम पौडेल तथा स्वागत मन्तव्य संस्थाका सचिव बासु गौतमले गरेका थिए ।

प्रत्येक कविको सातवटा कविता समावेश भएको उक्त संग्रहका कविहरुमा कैलाश कुमार मल्ल,धुर्वप्रसाद घिमिरे दीप,गोविन्द बहादुर खड्का,नानीमैयाँ अधिकारी,नारायण सिलवाल,पुष्पराज के.सी.,रविन्द्र कुमार थापा,राजाराम राउतका कविताहरु रहेका छन् ।
यसैगरी राजेशमान के.सी.,रुविना राना,विनोद खत्री आकाश,लुमन्ति चित्रकार,शशिधर पोखरेल,शेखर आचार्य र सञ्चिता राना साम्पाङका कविताहरु यस कृतिमा समावेश गरिएका छन् ।
कार्यक्रमको सञ्चालन सञ्चारकर्मी पुरुषोत्तम बस्नेतले गरेको उक्त कार्यक्रमको मिडिया पार्टनर इ खवर नेट रहेको थियो ।
जुमन किरणले प्रकाशित गरेको उक्त कृतिको मूल्य रु.३७५। रहेको छ ।





