काठमाडौं ।प्रतिनिधिसभाको बैठक पर्सि आइतबारसम्मको लागि स्थगित भएको छ ।
शुक्रबार अधिवेशनको पहिलो दिन दलीय आधारमा नेताहरूले सम्बोधन गरे ।
बजेट अधिवेशन भएता पनि कानुन निर्माणलाई जोड दिनुपर्ने बताए ।
यस निम्ति आफ्नो तर्फबाट पहल गर्ने प्रतिवद्धता जनाए ।
अर्को बैठक आगामी आइतबार बिहान ११ बजे बस्ने जनाइएको छ।