काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश जारी भएको छ ।
सर्वोच्चका न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले प्रारम्भिक सुनुवाइपछि कारण देखाऊ आदेश जारी गरेको हो । प्रारम्भिक सुनुवाई पछि उक्त रिट अब आदेशका लागि संयुक्त इजलासमा जाने भएको छ ।
सभापति लामिछानेका तर्फबाट श्रीमती निकिता पौडेलले गत आइतबार बन्दी प्रत्यक्षीकरण रिट दर्ता गरेकी थिइन् । बुटवलको सुप्रिम सहकारी ठगी तथा संगठित अपराधमा उच्च अदालत तुल्सीपुर बुटवल इजलासको आदेशमा रवि पूर्वपक्षका लागि थुनामा छन् ।






