
काठमाडौं । गत चैत १५ गते तीनकुने क्षेत्रमा आगजनी तथा तोडफोडमा संलग्न झापाको अर्जुनधारा नगरपालिका–५ का ४८ वर्षीय ओमप्रकाश लुइँटेल पक्राउ ।
काठमाडौं महानगरपालिका–३२, तीनकुनेस्थित खुल्ला चौरमा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल’द्वारा कार्यक्रम गरिएको थियो ।सो भएको घटनाको अनुसन्धानका क्रममा निजी तथा सार्वजनिक सम्पत्तिमाथि तोडफोड तथा आगजनी लगायतका आपराधिक कार्यमा संलग्न उनलाई पक्राउ गरिएको हो ।जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक अपिलराज बोहराका अनुसार काठमाडौँ जिल्ला अदालतबाट ४ दिनको मिलान म्याद थप अनुमति प्राप्त भई अनुसन्धान भइरहेको छ ।






