
काठमाडौं।वसुन्धरा–मान प्रज्ञा प्रतिष्ठानले दुई विशिष्ट साहित्यकर्मीलाई पुरस्कृत गर्ने निर्णय गरेको छ ।
प्रतिष्ठानका कुलपति डा. दुबसु क्षेत्रीको अध्यक्षतामा वैशाख ६ गते बसेको बैठकले आधुनिक नेपाली कविताको सिर्जना एवं नेपाली लोकसंस्कृतिको अध्ययन, अनुसन्धान र उन्नयनमा योगदान पुर्याउने कवि तुलसी दिवसलाई २०८२ सालको ‘वसुन्धराश्री पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ ।
पुरस्कारका साथ नगद राशि ७५ हजार रुपैयाँ समेत प्रदान गरिने छ ।
त्यस्तै, बैठकले आधुनिक नेपाली कविताका क्षेत्रमा योगदान पुर्याउने साहित्यकार कवि तोया गुरुङलाई २०८२ सालको ‘मानश्री पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ । पुरस्कारका साथ नगद राशि ५० हजार रुपैयाँ समेत प्रदान गरिने प्रतिष्ठानका सदस्य सचिव कृसु क्षेत्रीद्वारा प्रेषित विज्ञप्तिमा जनाइएको छ ।





