
काठमाडौं । न्हैखाको कन्या मन्दिर माविका पूर्वशिक्षक गौरी क्षेत्रीको सोही विद्यालयका पूर्व विद्यार्थीहरुद्धारा सम्मान गरिएको छ ।
विद्यालयका वि.सं.२०३९ सालदेखि २०५२ सालसम्मका एस.एल.सी.व्याजका विद्यार्थीहरुले शनिबार आफ्ना शिक्षक क्षेत्रीको सम्मान गरेका हुन् ।
क्षेत्रीको ८४ औं जन्मोत्सव तथा ५० औं बैवाहिक वर्षगाँठको अबसरमा परम्परागत रुपमा दही माछाको सगुन तथा केक काटेर मात्र उत्सव नमनाई सैयौं विद्यार्थीहरुले विवाहको माला पहिर्याउन लगाई क्षेत्री दम्पतिलाई सम्मान गरे ।

विज्ञान र गणितका शिक्षक क्षेत्रीले यसरी आफ्ना विद्यार्थीहरुमाझ आफ्नो जन्मदिन र विवाह वर्षगाँठ मनाउन पाउँदा हर्षित भएको बताए ।
उनी कडा मिजासका भएपनि विद्यार्थीहरुबीच लोकप्रिय थिए । वि.सं.२०५२ व्याजकी रितु जोशीको संयोजनमा यो कार्य हुँदै आएको छ ।
कार्यक्रममा गुरु बन्दना रुपा रिसाल र विमला खनालले गरेका थिए । यसैगरी रुपा रिसालले कार्यक्रम सञ्चालन गरी कविता सुनाएकी थिइन् । हिना राज्यलक्ष्मी राणाले गीत पस्केको थिइन् ।






