


सम्मानित व्यक्तित्व इञ्जिनियर जोशीले पाटनको हिटी संरक्षणमा १६/१७ वर्षदेखि काम गरेर आफूले इतिहासको संरक्षण र जीवन्तताका लागि मद्दत पुग्ने काम गरेको बताए। सम्मानित व्यक्तित्व जोशीले यो सम्मानले आफूलाई जिम्मेवारी थपिएको महसुस भएको र हरेक कुराको दस्तावेजीकरण गर्नु पुस्तान्तरणका साथै पछिल्लो पुस्ताका लागि महत्वपूर्ण काम हो भने। हरेक काम आउने पुस्ताका लागि जीवन्त बनाउन सक्ने गरी काम गर्नुपर्ने उल्लेख गर्दै उनले ललितपुर महानगरले हराइसकेका पोखरी र हिटीको संरक्षणमा महत्वपूर्ण काम गर्दै आएको धारणा राखे।

इतिहासविद् प्रा डा त्रिरत्न मानन्धरले नेपालको संस्कृति र इतिहासको क्षेत्रमा गरेको गहन अनुसन्धानलाई कदर गरी प्रदान गरिएको यो पुरस्कारले इतिहास तथा संस्कृति संरक्षणमा लाग्नेलाई थप प्रेरणा र ऊर्जा प्रदान गर्ने बताए ।
गत वर्ष उक्त पुरस्कार प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठ र साहित्यकार तथा कवि मोहन दुवाललाई प्रदान गरिएको थियो।






