
काठमाडौं ।नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं परराष्टमन्त्रीआरजु राणा देउवाले भाइरल हुने नाममा जे पनि बोल्ने तथा एकले अर्कालाई दोषारोपण गर्ने प्रवृत्ति पार्टीभित्र बढेको बताएकी छिन् ।
राणाले नेपाली कांग्रेस जिल्ला कार्यसमिति इलामले सोमबार श्रीअन्तुमा गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै भाइरल हुने नाममा जे पनि बोल्ने प्रवृत्ति बढ्दै गएको बताइन् ।
नेताहरूको यस्तो बोल्ने प्रवृत्तिले पार्टीका केन्द्रदेखि तल्लो तहका कार्यकर्ताहरूमा निराशा पैदा गर्ने उनको भनाई छ ।
‘काँग्रेस सत्तामा हुँदा पनि सरकारको बढी विरोध काँग्रेसकै नेताहरुबाट हुने गरेको छ ।आफूले मिडियामा कभरेज पाउनकै लागि कतिपय नेता एवं पार्टीकै विरूद्धमा पनि बोल्ने गरेको देखिन्छ। यसले कुनै व्यक्ति मिडियामा भाइरल त होला। तर त्यसले पार्टीलाई कति क्षति पुग्छ भन्ने कुराको पनि हिसाब गर्नुपर्ने हो’ उनले भनिन्।






