सिराहा । नेकपा (एमाले) सिराहा जिल्ला अध्यक्षमा अशोक यादव सर्वसम्मत भएका छन्।
चैत २६ गतेदेखि चलेको अधिवेशनले अशोक यादवको नेतृत्वमा १३५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो।
अधिवेशनले नवीन यादवलाई उपाध्यक्ष निर्वाचित गरेको छ। उनी यसअघि पनि उपाध्यक्ष थिए। यसका साथै कार्यवाहक जिल्ला अध्यक्ष पनि भएका थिए।
अधिवेशनले प्रदीप महासेठलाई सचिव निर्वाचित गरेको छ। खुला उपसचिवतर्फ शिवशंकर महतो र महिला उपसचिवमा खेमलक्ष्मी श्रेष्ठ निर्वाचित भएको एमाले सिरहाले जनाएको छ ।
११ औं जिल्ला अधिवेशनअन्तर्गत शनिबार नयाँ कार्यसमिति निर्वाचित गरिएको थियो।



