
काठमाडौं । नेपाल बार एशोसियसनको अध्यक्षमा बरिष्ठ अधिवक्ता प्राडा.विजयप्रसाद मिश्र तथा महासचिवमा बरिष्ठ अधिवक्ता केदारप्रसाद कोइराला अत्याधिक मतका साथ विजयी भएका छन् ।
अन्तिम मतपरिणामअनुसार वरिष्ठ अधिवक्ता मिश्र पाँच हजार ५२ मत ल्याएर अध्यक्ष पदमा निर्वाचित भएका हुन् भने बरिष्ठ अधिवक्ता कोइराला चार हजार आठ सय ७४ मतका साथ विजयी भएका हुन् ।
नेपाल बार एशोसिएसनमा नेपाली कांग्रेस र नेकपा (एमाले)निकट कानुन व्यवसायी संगठन तथा नेकपा (माओवादी केन्द्र) र रास्वपानिकट कानुन व्यवसायी संगठनबीच गठबन्धन थियो।
कांग्रेस(एमाले गठबन्धनबाट अध्यक्षमा मिश्रसहित प्यानल नै निर्वाचित भएको हो।
अध्यक्षमा माओवादी-रास्वपा गठबन्धनका उम्मेदवार रमनकुमार श्रेष्ठले दुई हजार छ सय २१ मत ल्याएका छन्।
कांग्रेसनिकट कानुन व्यवसायीहरूले अध्यक्षसहित १२ पद र एमालेनिकट कानुन व्यवसायीहरूले महासचिवसहित १२ पदमा उम्मेदवारी दिएका थिए।
महासचिवमा यज्ञमणि न्यौपानेले २३६७ र हरिशरण कार्कीले २४० मत ल्याएका छन्।





