
काठमाडौं। कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणना आज हुँदै छ।
नयाँ नेतृत्व चयनका लागि शनिबार नै निर्वाचन भए पनि मतपेटिका काठमाडौं ल्याउन ढिलाइ भएकाले आज सोमबारबाट मात्र मतगणना सुरु गर्न लागिएको हो ।
निर्वाचन समितिका अनुसार आज दिउँसो १२ बजेपछि मतगणना सुरु गर्ने तयारी छ ।
शनिबारको निर्वाचनमा देशभरबाट ७ हजार ९९५ मत खसेको थियो ।

