
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका नेता पुष्पकमल दाहाल ुप्रचण्डुले रसुवा बाढीमा फसेकाहरूको उद्धारमा सरकार असफल भएको आरोप लगाएका छन् ।
बुधबारको प्रतिनिधिसभा बैठकमा उनले सरकार गम्भीर बन्नुपर्ने बताए । उनले प्रधानमन्त्री र गृहमन्त्री सुरुको दिन सक्रिय देख्दा आफूले काम हुने विश्वास गरेको तर, पछिल्लो चरणको कार्यशैलीमा कन्ट्राडिक्सन देखिएको टिप्पणी गरे ।
जनपरिचालन नगरेसम्म समस्या समाधान नहुने धारणा आफूले राख्दै आएको सुनाए ।
“महाविपत्तिको समाना गर्न सबै तहको सरकार, आमजनतालाई विश्वासमा लिएर जसरी परिचालन गर्नुपर्ने थियो, त्यो भएन । सेना परिचालन भयो, जनपरिचालन भएन,” उनले भने ।
उनले सरकारले जनपरिचालन गर्न नसकेको बताए । सरकार उद्धार कार्यमा सफल होइन, असफल भयो भन्ने गुनासो सुनियो । हामीले ढाँडेर, लुकाएर हुँदैन । जनपरिचालन र उद्धारमा सरकार असफलसिद्ध भयो,” प्रचण्डले भने ।
सरकारले घमण्ड गर्न नहुने बताए ।

