
काठमाडौं । सिंगापुरको ६ सदस्यीय विपद्पीडित पहिचान टोली (‘डिजास्टर भिक्टिम आइडेन्टीफिकेसन टीम’) नेपाल आइपुगेको छ ।
भदौ १० गते रसुवाको भोटेकोसी नदीमा आएको बाढीमा परी मृत्यु हुनेहरूको शव व्यवस्थापनमा सघाउन सिंगापुरको टोली नेपाल आएको हो ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार सिंगापुरबाट डीएनए परीक्षण उपकरणहरूसहित थप १३ जना सदस्यहरू बुधबार नेपाल आएका छन् ।
भोटेकोसी बाढीपछि १९सदस्यीय भारतीय फरेन्सिक टोलीले नेपाल प्रहरीसँगको सहकार्यमा डीएनए नमुना परीक्षणको काम गरिरहेको छ ।
चीनबाट मंगलबार आइपुगेको ५ सदस्यीय विशेष फरेन्सिक टोलीले डीएनए नमुनाहरूको प्रशोधन र विश्लेषणलाई तीव्र बनाउन नेपाल प्रहरीको टोलीसँग जोडिएर काम सुरु गरिसकेको छ ।
आवश्यक उपकरण तथा औजारहरूसहित दक्षिण कोरियाबाट आएको फरेन्सिक टोलीले नेपालमा काम सुरु गरिसकेको छ ।

