काठमाडौं । नेपालको वायु गुणवत्ता निकै अस्वस्थकर स्तरमा पुगेको छ ।
निकै अस्वस्थकर हावायुक्त देशहरुको सूचीमा नेपाल विश्वकै दोस्रो स्थानमा छ ।
पहिलो स्थानमा भारत र तेस्रोमा पाकिस्तान छन् ।
विश्वभरको वायु प्रदूषणको अवस्था रियल टाइममा मापन गर्ने स्विट्जरल्याण्डको आईक्यू एयरका अनुसार आज बिहान ६ बजे नेपालको राजधानी काठमाडौंको वायु गुणस्तर इन्डेक्स (एक्यूआई) २११ छ । यसैगरी भारतको नयाँदिल्लीको २७७ र पाकिस्तान लाहोरको २०८ छ ।
नेपालको राजधानी काठमाडौंको वायुको गुणवत्ता निकै अस्वस्थ रहेको देखिएको छ ।
