
काठमाडौँ । जनबहाःद्यः (अमोघपास लोकेश्वर) को रथयात्रा आज आइतवार असनबाट सुरु हुने छ ।
हिजो शनिवार साँझ करिब ५ बजेतिर जनबहाःद्यःलाई रथमा बिराजमान गराइ सकेपछि जमलको तीनधारा पाठशालाबाट रत्नपार्क, भोटाहिटी हुँदै असन लगि राखिएको थियो ।
रथयात्राको दोस्रो दिन साँझ आज असनबाट बालकुमारी इन्द्रचोक, मखन हुँदै हनुमानढोका दरबार परिसरसम्म पुर्याइन्छ ।
हिजो शनिबार बेलुकी जन बहा द्यो (अमोघपास लोकेश्वर)को रथ तानेर असन पुगेपछि मध्यराति राष्ट्राध्यक्षले पूजा, आराधना एवं दर्शन गरेका थिय ।
हरेक वर्ष चैत्र शुक्ल अष्टमी चैते दसैँदेखि सेतो मच्छिन्द्रनाथ रथयात्रा सुरु हुन्छ । रथयात्रको सुरुवात राजा शिवसिंह मल्लले ने.स. ७०८ देखि भएको मानिन्छ ।








