काठमाडौं ।हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।
काठमाडौं उपत्यकाको प्रदूषण अझै त्यस्तै छ । विषाक्त प्रदुषण दीर्घरोगीहरुका निम्ति अत्यन्तै हानिकारक छ ।
आइतबार बिहान काठमाडौंको वायु शुद्धता सूचकांक (एक्युआई) २११ छ।
हामीले सास फेर्ने तल्लो वायुमण्डल अत्यन्त विषाक्त रहेको छ ।
आइतबार दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मूख्यतया सफा रहने पूर्वानुमान छ।
कोशी प्रदेशमा क्षेत्रहरूमा बादल लाग्ने र एकदुई ठाउँमा दिउँसो छिटपुट पानी पर्ने सम्भावना रहेको उनले बताए।
राति पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मूख्यतया सफा रहने पूर्वानुमान छ।
मंगलबारदेखि भने तुलनात्मक रूपमा बादल बढ्ने र वर्षा पनि हुनसक्ने सम्भावना रहेको पनि बताइएको छ ।





