काठमाडौं ।देशभरका शिक्षक कर्मचारीहरू बुधबारदेखि काठमाडौँका सडकमा उत्रिएका छन् ।
‘काठमाडौँ जाऔँ’ अभियानअन्तर्गत देशभरका शिक्षक कर्मचारीले माइतीघर–बानेश्वरका सडकमा भेला भएर अनिश्चितकालीन शैक्षिक सडक आन्दोलन गर्न लागेका हुन् ।
विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने उनीहरुको माग रहेको छ । यो नहुँदासम्म हुने आन्दोलनजारी रहने शिक्षक महासंघले जनाएको छ ।
शिक्षा, विद्यार्थी र शिक्षक–कर्मचारीमैत्री अग्रगामी विद्यालय शिक्षा ऐन जारी गराउन राज्यपक्षलाई बाध्य पार्न आन्दोलन गर्न लागेको नेपाल शिक्षक महासंघले आन्दोलन गरेको दावी गरेको छ ।
महासंघ सहअध्यक्ष एवं आन्दोलन परिचालन समितिको संयोजक नानुमाया पराजुलीका अनुसार र्यालीमा डेढ लाख शिक्षक कर्मचारी सहभागी हुनेछन्।