
पनौती,काभ्रे । पनौती नगरपालिका क्षेत्रभित्र सञ्चालन रहेका सहकारी संस्थामध्येबाट जनमैत्री बचत तथा ऋण सहकारी संस्था लि.उत्कृष्ट सहकारी संस्थाको रुपमा पुरस्कृत भएको छ ।

६८औं राष्ट्रिय सहकारी दिवसको अबसरमा आयोजित कार्यक्रममा बचत तथा ऋण सहकारी संस्थातर्फ समुदायमा आधारित नीति,विधि र प्रविधिले युक्त भएको भन्दै जनमैत्री साकोसलाई पनौती नगरपालिकाले पुरस्कृत गरेको हो ।


