
काठमाडौं।प्रतिनिधि सभाको आइतबारको बैठक १५ मिनेटका लागि स्थगित भएको छ।
बैठक सुरू हुनेबित्तिकै सत्ता र प्रतिपक्षी दलका सांसदहरूले बोल्न पाउनुपर्ने भन्दै हो-हल्ला गरेका थिए।
सांसदहरूको हो-हल्लाले कसले के माग राखेको हो प्रष्ट हुन सकेको थिएन।
सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरेका छन्।






