
काठमाडौँ, चैत ९ गते । एएफसी एसिएन कप–२०२७ छनोट खेल खेल्न नेपाली फुटबल टोली शनिबार उच्च मनोबलका साथ मलेसिया पुगेको छ ।
नेपालले छनोट खेलको तयारीका लागि शुक्रबार साँझ अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलेको थियो । नेपालले सिङ्गापुरलाई उसैको मैदानमा १–० गोलले हरायो । टोली सिङ्गापुरबाटै मलेसिया गएको हो ।
सिङ्गापुरसँग ३६ वर्षको अन्तराल पछिअन्तर्राष्ट्रिय फुटबल खेलेको नेपालले सिङ्गापुरलाई पहिलो पटक हराएको हो ।
नेपालको ऐतिहासिक जितमा जिलेस्पीजंग कार्कीले मनिष डाँगीले दिएको पासमा कार्कीले डिबक्सबाट उत्कृष्ट फिनिसिङ गरेका हुन्।
उनले खेलको १२औं मिनेटमा निर्णायक गोल गरेका थिए।
नेपालले नेपाल मलेसियामाथि जितको लयलाई निरन्तरता दिने तयारीमा छ । नेपालले मलेसियासँग मार्च २५ तारिख प्रतिस्पर्धा गर्नेछ ।







