
काठमाडौं ।क्यानडाको २४ औँ प्रधानमन्त्रीको शपथ लिन गइरहेका क्यानडाका नयाँ प्रधानमन्त्री मार्क कार्नीले आज सपथ लिंदैछन् ।
९ फेब्रुअरीमा दलको नेता चुनिएका उनी क्यानडाको २४ औं प्रधानमन्त्री हुन् ।
नेपाली समयअनुसार आज राति ८.४५ बजे राजधानी ओटावा स्थित रिड्यू हलको बलरूममा हुने शपथग्रहणसँगै कार्नीले औपचारिक रूपमा प्रधानमन्त्रीको कार्यभार सम्हाल्नेछन् ।
उनी क्यानडाको लिबरल पार्टीबाट निर्वाचित हुन् ।




