
काठमाडौं । बिहीबार जनकपुरबाट काठमाडौं आएको बुद्ध एयरको जहाज जहाज सुरक्षित अवतरण गरेको छ।
जहाजमा ६२ जना यात्रु बोकेर काठमाडौंको लागि उडेको जहाजको एउटा नोज ह्वील जनकपुरमै छुटेको हो।
जहाज जनकपुरबाट काठमाडौंका लागि ४स्४५ बजे उडेको थियो।
बुद्धको ९ एनएएनएच विमानको अगाडिको टायर उतै छुटेको हो ।
नेपाल नागरिक उड्डयन प्राधिकरण सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार, सुरक्षित अवतरण गरी पोस्ट फ्लाइट चेक गर्दा अगाडिको नोज ल्यान्डिङ गियरको एउटा टायर नभेटिएको बताए । जनकपुरमा चेक गर्दा भेटिएको र विस्तृत अध्ययन भइरहेको उनले जानकारी दिए ।





