काठमाडौं । यो साताका चार कारोबार दिनमा सेयर बजार समग्रमा ६५.२५ अंकले बढ्यो ।गत साता २६७८ मा रहेको बजार यो साता २७४३ अंकमा पुगेर बन्द भयो । चार दिनमा ३८ अर्ब ५८ करोड रुपैयाँको कारोबार भयो ।
गएको साताको तुलनामा कारोबार रकम कम भयो ।गतसाता ३९ अर्ब २४ करोड रुपैयाँको सेयर किनबेच भएको थियो । तर, पाँच कारोबारको तुलनामा यो साताका चार दिनमा रकम बढी मान्न सकिन्छ ।







