
काठमाडौं । संविधान संशोधन, मधेस आन्दोलन र अबको राजनीतिक यात्राका बारेमा एक जुट हुने प्रयास गरिरहेका मधेसकेन्द्रित ८ राजनीतिक दलको बैठक बिहीबार बस्दैछ।
बिहीबार अहिले दिउँसो २ बजे बैठक बस्ने तयारी भैरहेको बैठक सिंहदरबारमा बस्न लागेको हो।
मधेसकेन्द्रित दलहरूले पनि मोर्चा निर्माणको प्रयास थालेका हुन्।
जसमा अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी, उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल, सिके राउत नेतृत्वको जनमत पार्टी, महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी, रञ्जिता चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी, राजेन्द्र महतोको राष्ट्रिय मुक्ति पार्टी, हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशिल पार्टी र बृशेषचन्द्र लाल नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टी छन्।
बैठकले मोर्चा निर्माणका लागि कार्यदल बनाउने र आगामी एजेण्डाहरू तय गर्ने राष्ट्रिय मुक्ति पार्टीका नेता केशव झाले जानकारी दिए। यसअघि ८ दलको बैठक गत माघ १ र १४ गते काठमाडौंमा बसेको थियो। बिहीबारको बैठकले शीर्ष नेताहरूसँग समन्वय र छलफल गर्नका लागि कार्यदल बनाउने नेता झाले जानकारी दिए।






