काठमाडौँ । डा ओम फाउन्डेसनले सरकारी विद्यालयमा अध्ययनरत कक्षा ६ देखि कक्षा ९ सम्मका विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ ।
बुधबार पत्रकार सम्मेलन गरी फाउन्डेसनका संस्थापक डा ओम मूर्तिले देशव्यापी छात्रवृत्ति कार्यक्रम सञ्चालन भएको घोषणा गरे।
मुटुरोग विशेषज्ञ डा ओम मूर्ति अनिलद्वारा स्थापित उक्त फाउन्डेसनले न्यून आय भएका तथा जेहेन्दार विद्यार्थीको शैक्षिक विकासका निम्ति छात्रवृत्ति प्रदान गर्न लागेको हो ।
फाउन्डेसनले यस वर्ष छात्रवृत्ति कार्यक्रमका लागि २० लाख रुपैयाँ रकम छुट्टाएको छ । डा ओम मूर्ति अनिलद्वारा लिखित पुस्तक ‘जीवन्त सम्बन्ध’को बिक्रीबाट प्राप्त रकमले उक्त छात्रवृत्ति प्रदान गर्न लागिएको हो ।
शभरिका विद्यार्थीहरूले माघ १६ गतेदेखि फागुन ४ गतेभित्र छात्रवृत्तिका लागि सरकारी विद्यालयमा अध्ययरत, कक्षा ६ देखि कक्षा ९ सम्मका, न्यून आय भएका र जेहेन्दार विद्यार्थीले आवेदन दिन सक्ने बताइएको छ ।