अध्यक्ष प्रचण्ड – उद्घाटन
दाङ, १२ माघः नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शनिबार दाङ देउखुरीको राप्ती गाउँपालिका–५ स्थित कालापानीमा नवनिर्मित राप्ती आधारभूत अस्पताल भवनको उद्घाटन गर्दै । तस्बिरः कुलदीप न्यौपाने÷रासस
दाङ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्ना नेता–कार्यकर्तालाई जनतासँगै खटिन निर्देशन दिएका छन् ।
माओवादी केन्द्र घोराहीको नगर अधिवेशन उद्घाटन तथा जिल्लास्तरीय पार्टी प्रशिक्षणलाई शनिबार घोराहीमा सम्बोधन गर्दै उनले विगतमा सत्तामा जाँदा सहिद, बेपत्ता तथा घाइते परिवारसँग सम्बन्ध टुटेको बताए ।
“विगतमा हामीमा धुलो लागेकै हो,” उनले भने, “अब हामी सच्चिनुपर्छ, सच्चिएर जनताको सेवामा लाग्नुपर्छ ।”उनले भने ।
अहिले आफूले देशव्यापी रूपमा सहिद र बेपत्ताका परिवारसँग भेटघाट गरिरहेको तथा जनताको घरदैलोमा पुग्ने गरेको उनले बताए । उनले सबै नेता–कार्यकर्ता यसरी नै जनताका घरघरमा जान निर्देशन दिए ।
साथै, उनले प्राप्त उपलब्धिलाई रक्षा गर्नु अहिलेको आवश्यकता भएको बताए ।


