काठमाडौं ।लेखक तथा पत्रकार श्रीधर खनाल ‘दीर्घबाहु’को निधन भएको छ ।
बिहिबार बिहान उनको निधन भएको हो । उनी ९४ वर्षका थिए ।
विं.सं२०२२ सालमा शब्दभेदी लडाईँ प्रकाशनमा ल्याएका उनका थुप्रै जासुसी उपन्यास पनि छन् । मुर्कट्टा लाश,छ औंले मान्छे,पानको गुलाम,डाक्टर डेमन,मेजरको सर्प,बिखालु इच्छापत्र,बाह्र बजेको घण्टी,भेनसका हिप्पीहरु,नाँगिएकी सुन्दरी,हेलम्बुकी अप्सरा,गुलाफी पिन,बज्रयोगिनीको खजाना जस्ता थुप्रै उपन्यासहरु प्रकाशित भएका छन् ।
उनी नेपाली साहित्यमा दीर्घबाहुको नामबाट जासुसी उपन्यास लेख्थे ।