विराटनगर।कोशी प्रदेश सभाको हिउँदे अधिवेशन माघ ७ मा सुरु हुने भएको छ।
कोशी प्रदेश सरकारको आइतबार बिहान बसेको बैठकले प्रदेश सभाको हिउँदे अधिवेशन आगामी माघ ७ गते आह्वान गर्न प्रदेश प्रमुखलाइ सिफारिस गर्ने निर्णय गरेको छ ।
सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीले मन्त्रिपरिषद बैठकले माघ ७ को दिउँसो २ बजे प्रदेश सभाको बैठक बस्ने गरी अधिवेशन आह्वान गरेको जानकारी दिए।