
धूलिखेल।नेकपा एमाले काभ्रे जिल्ला कमिटी पालिका, वडा र टोल कमिटीको अधिबेशनमा केन्द्रित भएको छ ।
यसै क्रममा धुलिखेल नगर कमिटी, वडा नम्वर १ को अधिबेशन शनिबार सम्पन्न भएको छ ।
अधिबेशन नेकपा एमाले पोलिटब्युरो सदस्य एवं पुर्व मन्त्री तथा काभ्रे जिल्ला इन्चार्ज गोकुल बास्कोटाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

अधिवेशनले लाक्पा तामाङको अध्यक्षतामा उपाध्यक्ष प्रताप तामाङ,चन्द्र तामाङ,सचिव,खुला उपसचिव दुर्गा तामाङ महिला उपसचिव निरमाया तामाङ पदाधिकारी रहेको २१ सदस्यीय वडा कमिटी चयन गरेको छ ।
अधिबेशनको उद्घाटन सत्रमा एमालेका एमाले काभ्रेका पुर्व अध्यक्ष एवं प्रदेश कमिटी सदस्य तथा धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जु, जिल्ला अध्यक्ष राजन भुर्तेल, प्रदेश कमिटी सदस्य रिता ढकाल, जिल्ला कमिटी सदस्य एवं देवप्रसाद कोईराला, जिल्ला कमिटी सचिवालय सदस्यहरु, जिल्ला स्थित जनवर्गिय संगठनका अध्यक्ष तथा प्रतिनिधिहरु, नगर कमिटी अध्यक्ष विष्णु धिताल, पुर्व नगर कमिटी अध्यक्ष दयाराम महत लगायतको सहभागिता रहेको थियो ।

उद्घाटन सत्र ज्ञानबहादुर लामाको अध्यक्षता तथा उद्धव तिमल्सिनाको संचालनमा सम्पन्न भएको थियो ।


