काठमाडौं ।मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको हो ।
बैठकमा नियमित कामकारबाहीबारे छलफल हुने बताइएको छ ।
यस अघि आजै प्रधानमन्त्री ओली,कानूनमन्त्री र मूूख्य सचिव सहित राष्ट्रपतिसँग भेट गर्न शितलनिवास पुगेकोले केही अध्यादेश पनि जारी गर्ने तयारी रहेको राजनीतिक आँकलन भने भएको छ ।