
पनौती,काभे/ जनइच्छा कृषि सहकारी संस्था लिमिटेड, पनौती- १, रयालेको एघारौं वार्षिक साधारण सभा प्रमुख अतिथि कृषि विकास कार्यालय,धुलिखेल काभ्रेका प्रमुख कुल प्रसाद दवाडीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
प्रमुख अतिथि दवाडीले सिङ्गो काभ्रे जिल्लामा कृषिका समस्या र आगामी दिनमा कृषक सँग अझै सहकार्य गर्दै कृषकले पनि समय समय जिल्ला कृषि विकार कार्यालयमा आएर आफ्ना समस्या भएमा संपर्क गर्न अनुरोध गर्नु भएको छ।काभ्रे जिल्ला अझै पनौती १ रयालेलाई दूध,मकै बिउ,तरकारी,फलफूल मा अझ व्यापक र व्यवस्थित गर्नका लागि जिल्ला कृषि विकास कार्यालय धुलिखेल सधै तयार रहेको बताउनु भयो।साथै रयाले पशुधन सुरक्षण समिति का अध्यक्ष केदारनाथ सापकोटाले पशु बीमामा देखिएका समस्या र पनौती नगरपालिकाले प्राइभेट बीमा कंपनीसँग सहकार्य गर्दै अन्धाधुन्द तरिकाले कुनै जानकारी कुनै अभिलेख बिना पशु बीमा गर्दै आएको र यस्तो गर्दा भोलि क्षति पुग्दा कृषकले समस्या व्यहोर्नु पर्ने भन्दै नगरपालिकाको ध्यान जान जरुरी रहेको बताउनु भयो।
संस्थाका कोषाध्यक्ष भवानी सापकोटाले कोषाध्यक्षको प्रतिबेदन, लेखा समिति संयोजक पूर्ण प्रसाद सापकोटाले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो।कार्यक्रम संस्थाका उपाध्यक्ष दिनेश तिमल्सिनाले सञ्चालन गर्नु भएको थियो । रयाले पशुधन संरक्षण समितिका उपाध्यक्ष कृष्ण बहादुर श्रेष्ठले स्वागत मन्तब्य राख्नु भएको थियो।
कार्यक्रमलाई थप रोचक बनाउनका लागि शेयर सदस्यलाई चिठ्ठा कार्यक्रम पनि गरिएको थियो।
साधारण सभामा जनमैत्रीका उपाध्यक्ष रामचन्द्र सापकोटा,पनौती १ रयालेका पूर्व वडा अध्यक्ष गुणनाथ सापकोटा, जनमैत्री साकोसका उपाध्यक्ष रामचन्द्र सापकोटा,वरपिपल बहुउद्देश्य सहकारीका प्रतिनिधि विनय सापकोटा, संस्थाका सल्लाहाकार विजय सापकोटा,श्यामहरी सापकोटा र उद्धव सापकोटा लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।


