
काठमाडौं । एन्फा महिला फुटबल लिगको अन्तिम चरणका खेलहरु बिहीबारबाट सुरु हुदैँछ ।
बुधबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजनागर्दै एन्फाले बिहीबार हुने पहिलो खेलमा त्रिभुवनआर्मी क्लब र बागमती युथ क्लब बीच खेल हुन लागेको जानकारी गराएको हो । खेल एन्फा कम्प्लेक्समा दिँउसो ३ बजे सुरु हुनेछ ।
सोही क्रममा नेपाल एपिएफ क्लबको कोच जिवेश पाण्डेले खेलको तयारी राम्रो भएको भन्दै खेलको लागिए कदम तयार रहेको बताए ।
उनले भने, ‘हामीखेलको लागिए कदम तयार छौ । हामीले तयारी राम्रो नै गरिरहेकाछौ ।’
यस्तै, सोही टिमका कप्तानअनिता बस्नेतले पहिला भएका गल्तीहरुलाई नदोहोराई टाइटलको लागि खेल्ने बताए ।
उनले भनिन्, ‘तालिमहरु सबै राम्रो नै भईरहेको छ । पहिला भएका गल्तीहरुलाई नदोहोराई राम्रो तरिकाले खेल्ने छौ । टाइटलको लागि नै भनेर खेल्ने हो । मेरो गल्तीहरुलाई सिखको रुपमा लिएको छु र अब राम्रो गर्ने योजना छ ।’
यसको साथै, त्रिभुवनआर्मी क्लबका कोच कृष्ण ठगु न्नाले पनिउपाधीजित्ने अपेक्षा राखेको बताए ।
उनले भने, ‘तयारी सबै राम्रो नै छ । उपाधी जित्ने अपेक्षा छ ।’
यस्तो घरेलु लिगहरुले खेलाडीहरुलाई प्रोत्साहन गर्ने भन्दै यस्तो खेल आवश्यक भएको सोही टिमकी कप्तान पुनम जर्घा मगरले बताईन् ।
उनले भनिन्, ‘टिमको तयारी राम्रो नै भईरहेको छ र राम्रो खेल्ने आशा गरेका छौ । उपाधीपाउने नै प्रयास हो । घरेलु लिगहरु धेरै हुनुपर्छ जस्तो लाग्छमलाई । हाम्रो किप्परहरु राम्रो नै छ ।’
अखिल नेपाल फुटबल संघ(एन्फा)को आयोजनामा हुने अन्तिम चरणको लिगमा ५ टोलीलले प्रतिस्पर्धा गर्नेछन् । गतभदौमा भएको दोस्रो चरणको लिगमा सहभागी दश टोलीबाट शीर्ष ५ टोलीअन्तिम चरणका लागि छनोट भएका थिए ।
माघ १६ गतेसम्म चल्ने अन्तिम चरणको लिग मावि भागिय टोलीहरु नेपालपु लिस, नेपाल एपिएफ क्लब र त्रिभुवनआर्मी क्लब, वालिङ नगरपालिका र बागमती युथ क्लबले सहभागीता जनाउँदै छन् ।
अन्तिम चरणका लागि छनोट भएको कोशी प्रदेशले आर्थिक कारणले प्रतियोगिताबाट नाम फिर्ता लिएको थियो । कोशीले नाम फिर्ता लिएपछिपहिलो चरणको लिग छैठौं स्थानमा रहेको बागमतीयुथक्लबले अन्तिम चरण खेल्ने अवसर पाएको छ । अन्तिम चरणमा २४ खेलहरुहुनेछन् ।







