
भुम्लु,काभ्रे । नेकपा एमाले भुम्लु ३ बेखसिम्लेको वडा अधिवेशन सम्पन्न भएको छ ।
दोस्रो अधिवेशनले गोपाल चन्द्र घर्ती क्षत्रीको अध्यक्षतामा ११ सदस्यीय वडा कमिटी सर्वसम्मत चयन गरेको हो ।
उक्त अधिवेशन जिल्ला कमिटी उपसचिव रत्नकुश रंजितकारको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
अधिवेशनले गाउँ कमिटी भुम्लुको आगामी अधिवेशनको निम्ति प्रतिनिधि चयन समेत गरेको छ ।
अधिवेशनमा जिल्ला कमिटी सदस्य टीकाराम लामा लगायतको उपस्थिति थियो ।






