काठमाडौं । पाकिस्तानको हवाई सेनाले अफगानिस्तानमा आक्रमण गर्दा ४६ जनाको मृत्यु भएको छ ।
अफगानिस्तानको तालिवान सरकारले बर्मल जिल्लामा पाकिस्तानी हवाई आक्रमणमा ४६ जनाको मृत्यु भएको जनाएको छ ।अफगानिस्तानको पूर्वी सीमावर्ती प्रान्तमा पाकिस्तानले गरेको हवाई आक्रमणमा परी ४६ जनाको मृत्यु भएको तालिबान सरकारका प्रवक्ताले बुधबार एएफपीलाई जानकारी गराएका छन्।
मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका छन् । मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका रहेको बताएको बीबीसीले जनाएको छ ।