काठमाडौं ।नेकपा (माओवादी केन्द्र) का अध्यक्षपुष्पकमलदाहाल ‘प्रचण्ड’ले स्थानीयतहउपनिर्वाचन २०८१ मा पार्टीलाई अमूल्यमतदानदिने सम्पूर्ण मतदाताहरु प्रति हार्दिक आभार व्यक्त गरेका छन्।
उनले निर्वाचित सबै जनप्रतिनिधिहरुलाई बधाई दिँदै निर्वाचनमाअहोरात्र खट्ने पार्टीका नेताकार्यकर्ता, जनमतनिर्माणमा योगदान गर्ने जनसमुदाय, निर्वाचनआयोग, राष्ट्रसेवककर्मचारी, सुरक्षानिकाय र सञ्चार क्षेत्रलाई धन्यवाद ज्ञापन गरेका हुन् ।
प्रचण्डले भने, “हाम्रो पार्टीले यो निर्वाचनलाई भ्रष्टाचारका विरुद्ध र सुशासनकापक्षको नयाँ सङ्कल्पको रुपमालिएको थियो। हामीले पार्टी नेतृत्वको सरकारले अघि सारेको सुशासन, सामाजिकन्याय र आर्थिक समृद्धिको एजेण्डालाई जनस्तरसम्म पुर्याउँदै यो निर्वाचनलाई हाम्रो आगामीबाटो र दृष्टिकोण सुस्पष्ट गर्ने अवसरको रुपमालिएका थियौं।”
उनले पार्टीको विजयलाई उत्साहजनक सफलतालाई संकेत गर्दै भने, “निर्वाचितजनप्रतिनिधिको संख्या र जनमतदुबै हिसाबबाटहाम्रो पार्टीले उत्कृष्ट सफलताप्राप्त गरेको छ। विभिन्न स्थानमा बनेका अवाञ्छितगठबन्धनलाई समेत चिर्दै जनताले प्रकट गरेको उत्साहपूर्ण समर्थनलाई हाम्रो पार्टी उच्च सम्मानगर्दछ।”
नेपालीजनताको विभिन्नआन्दोलनबाटप्राप्त राजनीतिकउपलब्धिहरुको रक्षागर्दै संघीयलोकतान्त्रिकगणतन्त्रलाई सुदृढ बनाउन र जनताको अवस्थाबदल्नमहत्वपूर्ण दायित्व स्थानीय सरकारको काँधमा रहेको उनले उल्लेख गरेका छन् । उनले भने, “हाम्रो पार्टीले नेतृत्व गरेका स्थानीयतहहरूले उत्कृष्ट कार्य सम्पादन गर्दै आएका छन्, र आगामीदिनमा सुशासन, सामाजिकन्याय र आर्थिक समृद्धिको मूल एजेण्डामा केन्द्रित रहेर जनताको सेवामा परिचालन गर्न पार्टी प्रतिबद्ध छ।”
उनले यो उपनिर्वाचनमार्फत जनताले प्रकट गरेको अभिमतलाई पार्टीको एजेण्डा र एकलपहिचानका साथजनादेशको रुपमालिने घोषणा गर्दै जनताको जीवनस्तर बदल्ने अभियानलाई दृढतापूर्वक अघिबढाउने प्रतिबद्धताव्यक्त गरेका छन् ।