
दैलेख। दैलेखको महाबु गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका जंगबहादुर शाही विजयी भएका छन्। उनी
३ हजार १२७ मतसहित विजयी भएका हुन्।
शाहीका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार झलकबहादुर भण्डारीले २ हजार ६७५ मत ल्याएका छन्।
यसैगरी नेकपा माओवादीका उम्मेदवार जंगबहादुर बरालले ८४२ मत ल्याए । रास्वपाका उम्मेदवार प्रकाशकुमार बुढाले ११२, नेमकिपाका दुर्गबहादुर मगरले ५३, राप्रपाका सुर्जे रावतले ४७ मत पाएका छन्।
नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार जगतबहादुर हमालले ४ मत पाएका छन्।
यसअघि २०७९ को निर्वाचनमा महाबु गाउँपालिका काँग्रेसले जितेको थियो। त्यसबेला काँग्रेसका लछुमन गुरुङ २ हजार ९७९ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका थिए।




