
काठमाडौं । रास्वपाकी रोजिना श्रेष्ठले २९०२ मत ल्याएर कामनपा वडा नं १६ को अध्यक्षमा निर्वाचित भएकी छिन् । यससँगै स्थानीय तहमा रास्वपाको प्रवेश भएको छ ।
उनका निकटतम प्रतिद्धन्दी एमालेका लक्ष्मीरत्न तुलाधरले २२२० मत पाएर दोस्रो भएका छन् ।
२०७९ मा विजयी भएको नेपाली कांग्रेस भने तेस्रोमा धकेलिएको छ । कांग्रेसका देवेन्द्र पाठकले २२१४ मत पाएर तेस्रो भए ।
यस्तै एकीकृत समाजवादीका मीनबहादुर मानन्धरले १०९२ मत पाउँदा राप्रपाका श्यामकृष्ण श्रेष्ठले ७७४२ मत पाए भने स्वतन्त्र उम्मेदवार देवेन्द्रकुमार श्रेष्ठले ४९८ र अर्का स्वतन्त्र सम शाक्यले ३३४ मत पाएका छन् ।
यसअघि कांग्रेसका मुकुन्द रिजाल वडा अध्यक्ष थिए ।


