
२२औं केपी सिँहविर स्मृति दिवस मनाइयो
काभ्रे । नेकपा एमाले पनौती १ रयालेको आयोजनामा २२ औं केपी सिँहविर स्मृति दिवसको आयोजना गरि मनाइएको छ ।
शहीद स्मृति पार्क,पनौती १ रयालेमा एक समारोह विच उक्त दिवस मनाइएको हो ।
तत्कालिन नेकपा एमाले काभ्रेका नेता केपी सापकोटा र सिँहविर तामागको माओवादीद्धारा हत्या गरिएको थियो । केपी सापकोटा दुई पटक तत्कालिन रयाले गाविसका अध्यक्ष निर्वाचित भएका थिए । उनको नेतृत्वमा रयालेको विकासको नमूना कोरिएको थियो भने सिँहविर स्थानीय जनजातिका शिक्षासेवी व्यक्तित्व समेत थिए । उनीहरुलाई अपहरण गरि तत्कालिन माओवादीले गैह्र न्यायिक हत्या गरेका थिए ।
नेकपा एमालेले उनीहरुको सम्मानमा बर्षेनी स्मृति दिवस कार्यक्रम मनाउँदै आएको छ ।
यसै सन्दर्भमा नेकपा एमाले काभ्रेका अध्यक्ष राजन भूर्तेलको प्रमुख आतिथ्यतामा एक कार्यक्रमको आयोजना गरियो । बागमति प्रदेश कमिटि सद्स्य एवं पनौती नगरपालिकाका उपमेयर गीता बन्जारा,जिल्ला कमिटीका उपाध्यक्ष देव सागर लामा,सचिव राजकुमार सापकोटा, उपसचिव एवं पाँचखाल नगरपालिकाका उपप्रमुख सूर्यमाया दनुवार लगायतको उपस्थितिमा उक्त स्मृति सभा सम्पन्न भएको हो ।
वडा कमिटीअध्यक्ष उद्धव सापकोटाको अध्यक्षतामा सम्पन्न उक्त स्मृति सभामा वोल्ने सब्रै वक्ताहरुले केपी सिँहविरको योगदानको चर्चा गरेका थिए ।शहीदले देखाएको बाटोमा हिड्न प्रेरणा दिने दिनको रुपमा स्मृति दिवसलाई सम्झना गरेका थिए ।
कार्यक्रमको सञ्चालन दिनेश तिमल्सिनाले गरेका थिए ।
स्मरण रहोस, केपी सिँहविर स्मृति दिवसको अवसरमा विभिन्न आन्दोलनको कालखण्डमा शहादत प्राप्त गर्नै व्यक्तित्वहरुको तस्वीरमा प्रमुख अतिथि सहित कार्यक्रममा सहभागि सवैले माल्यार्पण गरेका थिए । केपी सापकोटा र सिँहविर तामागको तत्कालित माओवादीहरुको शसस्त्र द्धन्दको क्रममा अपहरण गरि हत्या गरिएको थियो । केपी सापकोटा तत्कालिन २०४९ र २०५४ को स्थानीय रयाले गाविसबाट निर्वाचित अध्यक्ष थिए भने सिहविर तामाग एमालेका सदस्य थिए । उनीहरुलाई अपहरण गरि माओवादीले हत्या गरेका थिए ।
पनौती नगरपालिका वडा नं १ रयाले स्थित शहीद स्मृति पार्कमा तत्कालिन द्धन्दको क्रममा विद्रोही पक्ष तथा राज्य पक्षद्धारा मारिएका विभिन्न स्थानीय व्यक्तित्वहरुको प्रतिमामा माल्यार्पण गरी उनीहरुको योगदानको चर्चा गरिएको हो ।
कार्यक्रममा नेकपा एमालेका जिल्ला कमिटी सदस्य माधुरी सापकोटा,सुदर्शन हुमागाई,पूर्व वडा अध्यक्ष एवं एमाले नेता गुणनाथ सापकोटा,शिव प्र. सापकोटा, युवासँघका सुमन सापकोटा लगायतको उपस्थिति थियो ।


स्मरण रहोस, केपी सिँहविर स्मृति दिवसको अवसरमा विभिन्न आन्दोलनको कालखण्डमा शहादत प्राप्त गर्नहरुको तस्वीरमा प्रमुख अतिथि सहित कार्यक्रममा सहभागि सवैले माल्यार्पण गरेका थिए । केपी सापकोटा र सिँहविर तामागको तत्कालित माओवादीहरुको शसस्त्र द्धन्दको क्रममा अपरहरण गरि हत्या गरिएको थियो । केपी सापकोटा तत्कालिन २०४९ र २०५४ को स्थानीय रयाले गाविसबाट निर्वाचित अध्यक्ष हुन भने सिहविर तामाग एमालका सदस्य थिए । उनीहरुलाई अपहरण गरि माओवादीले हत्या गरेका थिए ।

पनौती नगरपालिका वडा नं १ रयाले स्थित शहीद स्मृति पार्कमा तत्कालिन द्धन्दको क्रममा विद्रोही पक्ष तथा राज्य पक्षद्धारा मारिएका विभिन्न स्थानीय व्यक्तित्वहरुको प्रतिमामा माल्र्यापण गरी उनीहरुको योगदानको चर्चा गरिएको हो ।





