
काठमाडौ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-२० च्याम्पियनसिप आजदेखि सुरु हुँदैछ ।
प्रतियोगिताको उद्घाटन खेलमा घरेलु टोली नेपालले श्रीलंकासँग खेल्दैछ ।
नेपाल र श्रीलंकाबीचको खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो ३ बजे सुरु हुनेछ । यो प्रतिष्पर्धा समुह ए अन्तर्गतको हो । यस प्रतिष्पर्धामा दक्षिण एसियाका ६ टोलीको सहभागिता छ ।




