
काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी सदस्य उषा भण्डारीलाई ज्ञान संस्कार इन्टरनेस्नल स्कुलले सम्मान गरेको छ ।
सोमबार सामाखुसीको ज्ञान संस्कार इन्टरनेस्नल स्कुलले स्पोर्ट्स डेको अवसरमा सम्मान गरेको प्रधानाध्यापक निलम बानिया बडुले जानकारी गराइन् ।
नेपालीभलिबल र समग्र खेलकुदलाई उचाईमा पुर्याउनभूमिका खेलेकाले सम्मान गरिएको प्रधानाध्यापकनिलमबानियाबडुले बताइन्, ‘भलिबलमात्रै हैन नेपाली खेलकुदलाई प्रवद्धन गर्न उषाले ठूलो योगदान गर्नुभएको छ । उहाँको योगदानलाई कदर गर्न पाउँदा स्कुल परिवार खुसीछौं ।’
हाल उषा विभागीय टोली नेपाल पुलिस क्लबबाट व्यवसायिक भलिबल खेलिरहेकी छिन् । स्पाइकर उषाले ज्ञान संस्कार स्कुलले खेलकुदमा गरेको योगदानको प्रशंसा गरिन् । उनले स्कुलबाट सम्मानपाउनु खेलाडीको लागि खुसीको क्षण रहेको बताइन् । ‘आधुनिक शैक्षिक क्षेत्रमा फरक परिचान बनाएको स्कुलले खेलकुद विकासमा पनि ठूलो योगदान गरिरहेको छ । यसबाट प्रभावित भए । मलाई विश्वास गरेर सम्मान गर्नु भएकोमा खुसीछु,’उषाले भनिन् ।
स्कुलले हरेक वर्ष आयोजना गर्दै आएको साप्ताहिक खेलकुदकार्यक्रमपनि सोमबार नै सम्पन्न गरेको छ । एकसाताचलेको खेलकुद प्रतियोगितामा ब्याडमिन्टन, कवड्डी, बास्केटबल, बुद्धिचाल, स्केटिङ लगयातविभिन्न १९ खेल समावेश थियो । प्रमुख अतिथि रहेकी भलिबल स्टार उषाले नै विजेता खेलाडीलाई पुरस्कृत गरेकीथिइन् ।







