काठमाडौं ।देशभर पश्चिमी वायु तथा पहाडी भूभागमा स्थानीय वायुको सामान्य प्रभाव रहेको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार बिहान कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतयाः सफा रहेको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका भूभागका केही स्थानहरूमा बाक्लो हुस्सु र कुहिरो लागेको अवस्था छ।
आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने पूर्वानुमान महाशाखाले गरेको छ ।
कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको पनि सम्भावना रहेको छ।
शनिबार राति कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया :सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।