
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कसैले बदमासी गरे आफूले नबचाउने बताएका छन् ।
कान्तिपुर मिडिया ग्रुपले काठमाडौंमा आयोजना गरेको कान्तिपुर कन्क्लेभमा बिहीबार ओलीले अनुसन्धानका क्रममा आफूले प्रहरीसहित कुनै पनि अनुसन्धान गर्ने निकायलाई दबाब नदिने बताए ।
प्रधानमन्त्री ओलीले आफैँ गल्ती गर्ने तर गाली अरूलाई गर्ने प्रवृत्ति देखिएको बताए ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कसैले बदमासी गरे आफूले नबचाउने बताएका छन् । कान्तिपुर मिडिया ग्रुपले काठमाडौंमा आयोजना गरेको कान्तिपुर कन्क्लेभको छैटौँ सत्रमा बिहीबार ओलीले अनुसन्धानका क्रममा आफूले प्रहरीसहित कुनै पनि निकायलाई दबाब नदिने बताए ।
“मैले त मान्छेको अनुहार हेर्दिनँ भनेको छु, त्यो साँचो हो । कोही पनि मान्छे होस्, गल्ती गर्छ भने जान्छ । राम्रो गरेमा प्रशंसित हुन्छ । अब गल्ती गर्ने आफू, खान्छ खुर्सानी । अनि पिरो भएपछि गाली गर्छ मलाई,” ओलीको आक्रोश थियो ।
ओलीले आफूले पनि भ्रष्टाचार नगर्ने र अरूलाई पनि गर्न नदिने बताए । “मैले भ्रष्टाचार गर्दिनँ र अरूलाई पनि गर्न दिन्नँ भन्ने सुन्या छ कि छैन ? सुन्या छ भने होसियार भए हुन्छ, जो कोही पनि । थाहा भयो भने प्रहरीले छानबिन गर्छ । म रोक्दिनँ ।” उनले यसरी भ्रष्टाचारीको पक्षमा आफु नभएको जिकिरि गरे । र छानविनमा हस्तक्षेप नगर्ने दृढता व्यक्त गरे ।





